अझै रोकिएन मोटरसाइकल चोरी, सबैभन्दा बढि पल्सर बाइक हराए (भिडियोसहित)


पछिल्लो समय युवाहरुमा मोटरसाइकल मोह बढ्दै गएको छ । जति युवाहरु मोटरसाइकल प्रति आकर्षित भइरहेका छन्, त्यती नै मात्रामा चोरीका घटनाहरु पनि बढ्न थालेका छन् ।

पार्किङ गरिराखेको मोटरसाइकल छिन भरमै हराउने समस्या राजधानी लगायत देशका विभिन शहरमा व्याप्त छ । घरको गेट भित्रै राखेको मोटरसाइकल छिन भरमै गायब हुन्छ ।मोटरसाइकल चोरिको गिरोह यति शक्तिशाली छ कि उसले चारीको छिन भरमै मोटरसाइकलको आकार फेरिदिने गर्छ । प्रहरीले चोरीको एउटा मोटरसाइकल बरामद गर्न नपाउदै, अर्को चोरीको निवेदन लिएर सर्वसाधरण प्रहरीकोमा पुग्ने गरेको पाइएको छ । राजधानीबाट हराएको मोटरसाइकल त्यसको आकार प्रकार परिवर्तन भएर दुर्गम जिल्लामा भेटिने गर्छन् ।

महानगरिय ट्राफिक प्रहरी प्रवता राजकुमार लम्सालका अनुसार राजधानीको कपन, ठमेल, बौद्ध तथा गोगंबु क्षेत्रबाट बढी मात्रामा मोटरसाइकल पार्किङ स्थलबाटै हराउने गरेको पाइएकोछ ।आर्थिक बर्ष २०७५ ७६ मा ३ सय ५२ आटा हराएका मोटरसाइकलको निवेदन परेको छ भने ५२ मोटरसाइकल मात्रै भेटिएको लम्सालले बताए ।

 


Related posts

Leave a Comment