‘ए’ डिभिजन लिग: लगातार तेस्रो जित निकाल्दै संकटा दोस्रो स्थानमा उक्लियो


सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको अन्तिम खेलमा संकटाले जित निकालेको छ । लगातार तेस्रो जित निकालेको संकटाले ९ अंक जोड्दै गोल अन्तरका आधारमा २ स्थानमा उक्लेको छ ।

संकटाले मच्छिन्द्र फुटबल क्लबलाई २–० गोलले पराजित गरेको हो । संकटाका लागि खेलको ६४ औं मिनेटमा नितिन थापाले गोल गर्दै अग्रता दिलाएका थिए ।

संकटाले ८५ औं मिनेटमा पेनाल्टीमार्फत अर्को गोल गरेको थितयो । संकटाका अमित तामाङले पेनाल्टी प्रहार गरेका हुन् ।

जितसँगै संकटाले लगातार तेस्रो खेलमा जित निकाल्दै ९ अंक जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको मनाङको पनि ९ अंक नै छ।


Related posts

Leave a Comment