इमोबाट ‘२५ लाख भारुको चिठ्ठा पर्यो’ भन्दै ठग्ने २ जना पक्राउ


दाङ । प्रहरीले दाङबाट २ जनालाई ठगेको आरोपमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङको टोलीले इमोमार्फत भारु २५ लाख रुपैयाँ चिठ्ठा पर्यो भन्दै विभिन्न व्यक्तिलाई ठगेको अभियोगमा पुरणबहादुर खवास र बुढेर विनलाई पक्राउ गरेको हो ।

उनीहरुले चिठ्ठा पर्यो भन्दै एक लाख २५ हजार रुपैयाँ आईएमई मार्फत रकम बुझेको बताइएको छ ।
खवास नवलपरासी सुस्ता गाउँपालिका वडा नं. ४ का स्थानीयल हुन भने विन पनि सोही ठाउँका हुन् ।

पक्राउ परेका व्यक्ति बाट ओप्पो मोबाइलको गोल्डेन सेट, लाभा र टाइटी कम्पनीको तीन वटा सेट बरामद भएको र उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Related posts

Leave a Comment