चर्चित रियालिटी सो द भ्वाईस अफ नेपालको फाइनल कतारमा हुने


अमृत शर्मा,पोखरेल, दोहा ।
नेपालकै चर्चित रियालिटी सो द भ्वाइस अफ नेपालको ग्रान्ड फिनाली कतारमा हुने पक्का भएको छ। एनआरएनए आईसिसिका मध्यपुर्व क्षेत्रीय उपसंयोजक प्रवीण गुरुङ,दिल्लिकला थपलिया र मनोज गोर्खालीको संयुक्त आयोजनामा ग्रान्ड फिनाली हुन लागेको हो।


कार्यक्रमका बारेमा जानकारी दिदै गैरआवसिय नेपाली संघ मध्यपुर्व क्षेत्रीय उपसंयोजक तथा ग्रिन ग्रास याक एण्ड यति कन्ट्राक्टिङ कतारका सञ्चालक प्रविन गुरूङले कार्यक्रम आउँदो डिसेम्बर १३ तारिख बेलुका ५ देखि ग्रान्ड मल सनैया स्थित एसियन टाउन एम्फिथिएटरमा हुने बताए।

त्यस्तै छिट्टै नै पत्रकार सम्मेलन गरेर अन्य बिस्तृत जानकारी गराउने र हाल प्रचारप्रसार लगायत अन्य आन्तरिक तयारीका कार्यहरु भइरहेकोले सम्पुर्ण नेपाल र नेपालीहरुको सान ’द भ्वाइस अफ नेपाल कार्यक्रम लाई सव्यभव्य रूपमा सफल पार्न का कतार बासी नेपालीहरुमा अनुरोध समेत गरेका छन्।


Related posts

Leave a Comment