खाली टिप्पर वैकल्पिक मार्गबाट संचालन गरिने


अभिमन्यु लामीछाने, उदयपुर ।

उदयपुरको कटारी नगरपालिकाभित्र चुन ढुङ्गा ढुवानी गर्ने टिप्परका लागी वैकल्पिक मार्ग खोजिने भएको छ। आइतबार नगरप्रमुखसहित सरोकारवालाहरूबिचको छलफलले यस्तो निष्कर्ष निकालेको हो ।

छलफल कार्यक्रममा प्रदेश सभा सांसद कला घले, नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, वडाध्यक्षहरु नवराज पोखरेल, प्रेम बहादुर थापा, राम पोखरेल, कृष्णराज दनुवार लगायतका सरोकारवालाहरूको उपस्थित थियो। छलफलमा जनताको आवाज तत्काल ट्रिपरका लागी वैकल्पिक बाटो खोज्ने भएकाले यस्तो निर्णय गर्नुपरेको वडाध्यक्ष प्रेम बहादुर क्षेत्रीले बताए। सिमेन्ट उत्पादनको हबका रूपमा रहेको उदयपुरका बासिन्दा धूलो धुवाँबाट पीडित छन् । ३ वटा कम्पनीका १५ सय देखी २ हजार टिप्पर सञ्चालन हुन्छन् । जसका कारण विद्यार्थीहरूलाई समेत विद्यालय आऊ जाऊ गर्न समस्या भएकाले तत्काल यस्तो निर्णय गर्नुपर्नेमा अध्यक्ष थापाको जोड थियो ।

२०७० सालमा स्थानीय सरोकारवाला र दुई सिमेन्ट उद्योगबिच पटक-पटक भएको सम्झौता समेत कार्यन्वयन नभएको उनीहरूको भनाई थियो । वैकल्पिक मार्ग देखाउँदा समेत सिमेन्ट उधोगले प्रयोग गर्न नमानेको भन्दै उनीहरू अब यसका विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए । तत्काल वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने निर्णयमा मारुती लगायतका सिमेन्ट उद्योगका प्रतिनिधिले भने हस्ताक्षर गरेका छैनन् ।


Related posts

Leave a Comment