टोखाबाट ७ लाख १५ हजार सहित १५ जुवाडे पक्राउ


महानगरीय प्रहरी वृत्त महाराजगञ्जले रु सात लाख १५ हजार ४०० नगदसहित १५ जुवाडेलाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले टोखा नगरपालिका–८ गैरीगाउँका जीवनबहादुर थापामगरको घरमा जुवातास खेलिरहेको अवस्थामा आज बिहान उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा टोखाका रमेशबहादुर श्रेष्ठ, शङ्कर खत्री, रविन कार्की, युवराज अधिकारी, रञ्जन ढकाल, हरि जोशी, अविक राई, भोजपुरका टेकेन्द्र कार्की, चितवनका रमेश भुजेल, महेश भुजेल, दिनेश लामा मोरङका कुलबहादुर दाहाल र गोरखाका सविन गुरुङ रहेका छन् ।

वृत्तका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले कौडा एक सेट र एक बुक ताससहित पक्राउ गरेको जानकारी दिनुभयो ।


Related posts

Leave a Comment