त्रिशूली नदीमा बस खस्यो, एक जनाको मृत्यु


फाइल तस्बिर

त्रिशूली नदीमा गएराति बस खस्दा एक जनाको मृत्यु भएको छ । एक बेपत्ता भएका छन् । काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको बा ४ ख ७७८१ नम्बरको ट्रक गजुरी गाउँपालिका–६ पोखरेखोलाबाट त्रिशूलीमा खस्दा गजुरी–६ का २२ वर्षीय केशर पुलामीको मृत्यु भएको छ । सोही ठाउँका २१ वर्षीय रामकृष्ण भुजेल नदीमा हराइरहेका छन् । भुजेलको खोजी भइरहेको प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए । घाइते तीन जनालाई उपचारको लागि काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको छ ।


Related posts

Leave a Comment