ट्रम्पले गरे भारतीय प्रधानमन्त्री मोदीमाथि यस्तो ब्यङग्य


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतजस्ता क्षेत्रीय मुुलुकले अफगानिस्तानमा तालिबानसँग लड्नुपर्ने बताएका छन् । समाचारसंस्था एएफपीका अनुसार संयुक्त राज्य अमेरिकाका राष्ट्रपति ट्रम्पले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति व्यङ्ग्य गर्दै भने, ‘भारत अफगानिस्तानमा पुस्तकालय खोल्न आर्थिक सहयोग गरिरहेको छ र सोचिरहेको छ कि, को आउला र पुस्तकालयको उपयोग गर्ला ?’ ट्रम्पले अमेरिकाले अफगानिस्तानलाई दिँदै आएको सहयोगका बारेमा पनि आलोचना गरेका छन् ।

‘केवल उसलाई खुसी पार्नका लागि गरिरहिएको थियो,’ आफ्नो पहिलो क्याबिनेट बैठकपश्चात संवाददाताहरुसँग उनले भने, ‘म तपाईंहरुलाई एउटा उदाहरण दिन सक्छु । तपाईहरुलाई थाहै छ मैले भारत र त्यहाँका प्रधानमन्त्रीको साथ पाइरहेको छु, अनि उनी मलाई निरन्तर भनिरहेका छन्– अफगानिस्तानमा मैले एउटा पुस्तकालय बनाएको छु । तपाईंहरुलाई थाहा छ ? अफगानिस्तान साह्रै बाठो छ । मलाई थाहा छैन, त्यहाँ कसले पुस्तकालयको उपयोग गरिरहेको छ ।’

ट्रम्पले यस्तो व्यङ्ग्य गरिरहे पनि उनले कुन परियोजनाका बारेमा कुरा गरेका हुन् भन्ने बुझ्न कठिन छ । सेप्टेम्बर ११, २००१ को हमलाको समयलगत्तै अमेरिकाको नेतृत्वको सेनाले तालिबानी शासनलाई उखेलेर फ्याँकेपछि भारतले अफगानिस्तानलाई तीन अर्ब डलर सहयोग गरेको छ ।


Related posts

Leave a Comment