दोहोरो अंकले बढ्यो मंगलबारको नेप्से


नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार १० दशमलव २७ अंकले बढेको छ । कारोबार शुरू भएदेखि सुधार हुँदै आएको नेप्से कारोबार बन्द हुने बेलासम्म दोहोरो अंकले बढेको हो ।

यस दिन कारोबार रकम भने सामान्य रहेको छ । कुल ३८ करोड २६ लाख ५९ हजार रुपैयाँमा १ सय ६१ कम्पनीको ४ हजार ९१ कारोबारबाट १२ लाख २२ हजार १४४ कित्ता शेयर किनबेच भएको छ । मंगलबार सबैभन्दा बढी विकास बैंक समूह ३२ दशमलव शून्य २ अंकले बढेको छ ।

यस दिन नेपाल बैंकको उच्च कारोबार भएको छ । यस बैंकको ११ करोड ४२ लाख ८८ हजार २६१ रुपैयाँको कारोबार भएको छ । साथै लक्ष्मी लघुवित्त संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै करिब १० प्रतिशतले कमाउँदा महिला सहयात्रा लघुवित्तका लगानीकर्ताले पनि १० प्रतिशतकै हाराहारीमा गुमाएका छन् ।


Related posts

Leave a Comment