संविधान जारी भएको तीन वर्ष पुरा, यस्तो देखियो टुडिखेलको दृश्य (भिडियोसहित)


तुल्सी अर्याल, टिभी अन्नपूर्ण ।

संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको आज तीन वर्ष पूरा भएको छ ।

३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशतभन्दा बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको थियो ।

हजारौँ नेपालीको त्याग, तपस्या, वलिदान अनि पसिनाले ल्याइएको यस नेपालको संबिधान २०७२ वास्तवमै फलदायी अनि शुभ सावित भएको छ । यो जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान थियो । संविधान जारी भएपछि केही पक्षहरुले विरोधका आवाज भने नउठाएका होइनन् ।

देशले पनि नाकाबन्दीको सामना गर्नुपर्यो । देशले संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाइरहँदा अहिले पनि एक समूहले यो दिनलाई कालो दिन दिनका रुपमा व्याख्या गरिरहेको छ ।

संविधान जारी भएको यो तीन वर्ष संवैधानिक संक्रमणकालको अवधि थियो जुन अब करिब पूरा भएको छ । संविधानअनुसारका तीन तहका शासकीय संरचना तयार भइसकेका छन् ।

संविधानको मूल विशेषता संघीयता हो । यही कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय गरी तीन तहका शासकीय संरचनाको व्यवस्था संविधानमा थियो । गत वर्षको चुनावपछि तीन तहका सरकारको अभ्यास सुरु भएको छ ।

संघमा प्रतिनिधिसभा र राष्ट्रिय सभासहितको द्विसदनात्मक व्यवस्थापिका बनेको छ । सातवटा प्रदेशमा प्रदेशसभा बनेका छन् । ७५३ स्थानीय तहले पनि स्वायत्त सरकारको अभ्यास गरिरहेका छन् । स्थानीय तहले समेत न्यायिक अधिकार प्रयोग गर्न पाएका छन् । प्रदेशमा उच्च अदालतको अभ्यास सुरु भइसकेको छ ।

कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले संविधान जारी गरिसकेपछि तत्कालीन एमालेका अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्यो । त्यसपछि तत्कालीन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकार गठन भयो ।

प्रचण्डपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेकोमा संघीय संसद्को निर्वाचनपछि नेकपा अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनेको छ ।

संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहनुभएका नेपालीप्रति शुभकामना व्यक्त गरेका छन् । संविधान दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनमा ज्यान गुमाउनुभएका शहीदप्रति हादिक श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकलाई विधिको शासनमा बाँध्न अतुलनीय योगदान गर्नुहुने सम्पूर्ण देशवासीप्रति हार्दिक आदर व्यक्त गरेका छन् ।

उनले संविधानले सबै नागरिकलाई बिना भेदभाव मौलिक हक र स्वतन्त्रता सुननिश्चित गरेको बताउँदै संविधानले हरेक नेपालीको मर्यादालाई स्वीकार गरेको उल्लेख गरेका छन् । यता सर्बशाधरण भने नयाँ संविधानले आफहरुलाइ केहि नदिएको । संबिधानमा लेखेका ऐन कानुनहरु कगजमै सिमित भएको त्यसको कार्यन्वयन नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

नेपाली जनमा नेपाली हुनुको थप गौरब यस संबिधानले ल्याउन सकोस् । यस भुमिमा अबसर र समृद्यिको लहर ल्याउने सयन्त्र कायम होस् । कुनै दल या समुदाय भन्दा पनि समग्र नेपाली पनको रातो र निलो छाताभित्र सबैजना अटाउन सकौं । सबैको एउटै आवाज होस् । राष्ट्रिय दिवसको शुभकामना

 


Related posts

Leave a Comment