उदयपुरमा ४ वर्षीय बालकको जलेर मृत्यु


अभिमन्यु लामीछाने

उदयपुर,१२ पुष
उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ स्थित कोल्बोट गाऊमा आगलागीमा परी एक बालकको ज्यान गएको छ । विहान ९ बजे खेतमा रहेको परालको गोठमा आगलागी हँदा स्थानिय राजु तामाङ्गका ४ वर्षिय छोरा सुमन तामाङ्गको घटनास्थलमै जलेर मृत्यु भएको ईलाका प्रहरी कार्यलय कटारीका प्रमुख धूर्ब कुमार श्रेष्ठले बताए।
खेतमा रहेको परालको गोठमा बच्चा आफैले झोलामा रहेको लाईटर खेलाउँदा आगो लागेको र आगलागीबाट बच्न गोठ भित्रनै कम्बलमा पसेका वालकको आगोले जलेर बच्चाको मृत्यु भएको प्रमुख श्रेष्ठले जानकारी दिए । शबलाई कटारी अस्पताल पोस्टमार्टमको लागि लागिएको वडा नम्बर ८ का वडाध्यक्ष कमल श्रेष्ठ जानकारी दिए। सामान्य परिवारमा जन्मेका तामांगको पोस्टमार्टम गर्न कटारी अस्पताल सम्म पुराउने खर्च समेत नभए पछि पोस्टमार्टम गर्न लाने खर्च समेत कटारी नगरपालिकाले बेहोरीदीने कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए।


Related posts

Leave a Comment