उदयपुरमा आर्थिक अभाबको कारण बच्चा जन्माउन गएकी गर्भवती महिलाको मृत्यु


अभिमन्यु लामीछाने
उदयपुर,मंसिर १९

उदयपुरको बेलका नगरपालिका ६ की १९ वर्षिय गर्भवती महिला सम्झाना राईको मृत्यु भएको छ। उनी घरबाट बच्चा जन्माउन बेलका नगरपालिका ९ मा आफ्न्तकामा गएकि थिईन् । तर, आर्थिक अवस्था कमजोर भएका कारण सुत्केरी गराउन रामपुर बर्थिङ सेन्टरमा आउँदा आउँदै बाटैमा मृत्यु भएको थियो । केही दिन अगाडी रामपुर स्वास्थ्य चौकीमा गर्भवतीको चेक जाँच गर्ने क्रममा बच्चा उल्टो देखिएकोले स्वास्थ्य कर्मीले धरान, बिराटनगर तीर लगेर सुबिधा सम्पन्न अस्पतालमा बच्चा जन्माउन आग्रह गरेका थिए । तर, आर्थिक अवस्था कमजोर भएकोले बाहिर सुविधा सम्पन्न अस्पतालमा जान नसकेपछि उनको मृत्यु भएको हो । उनको मृत्युको कारण भने आर्थिक अवस्था कै कारणले बाहिर लान नसक्नुले गर्दा मृत्यु भएको बुझिएको छ।ू बेलका नगरपालिका मेयर दुर्गा थापा ९स्वस्तिक०ले बताए। महिलालाई सुत्केरी व्यथा लागेपछि श्रीमानले श्रीमतिलाई एक्लै टेम्पोमा चढाएर स्वास्थ्य चौकी पठाएर आफु पैसा खोज्न तिर लागेपछि स्वास्थ्य चौकी नआई पुग्दै गर्भवतीको मृत्यु भएको मेयर थापाले बताए । मेयर थापाका अनुसार उनकी एक अढाई वर्षको छोरी समेत रहेकी छीन ।
अर्थिक अवस्था कमजोर, अशिक्षा, कारण गर्भवती महिलाको ज्यान जानु दुखद घटना भएको जिल्ला जनस्वास्थ्य अधिकृत दुनियालाल यादबले बताएका छन् ।


Related posts

Leave a Comment