लागूऔषध सहित तीन जना पक्राउ


अभिमन्यु लामीछाने, उदयपुर ।
लागूऔषध सहित तीन जना मंगलबार बिहान पक्राउ परेका छन् । ठूलो संख्यामा लागुऔषध सहित लालपत्ता चौकीले तीन जनालाई पक्राउ गरेको छ। त्रिनपा १२ बस्ने वर्ष १९ को जेनिश राई र त्रिनपा ११ बस्ने अन्दाजी वर्ष १५ को निशान रिजाललाई बिहान ५ बजे लालपत्ता प्रहरी चौकीले लागू औषध सहित पक्राउ गरेको जानकारी दिएको छ।

सिरहा बाट गाईघाट तर्फ आँउदै गरेको स१च १६९७ नं को बलेरो गाडी चेकिङ गर्ने क्रममा ब्याग भित्र रहेको ज्याकेटमा लुकाई राखेको डाइजोलोपाम–८ एम्पुल, लुपिजेसिक–८ एम्पुल, फेनारागन–८ एम्पुल गरी जम्मा २४ एम्पुल लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । लागु औषध बोक्न प्रयोग भएको भाडा वर्तन सहितको गाडी, गाडी चालक जिल्ला सिरहा सरदुवानकट्टी–६ बस्ने देव कृष्ण खडका यादवलाई समेत नियन्त्रणमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी अर्जुन रानाभाटले जानकारी दिएका छन् ।


Related posts

Leave a Comment