उदयपुरमा बिरामीले गरे आत्मदाह


अभिमन्यु लामीछाने, उदयपुर ।
उदयपुरमा एक विरामीले आफैले आगो लगाएर आत्मदाह गरेका छन । उदयपुरगढी गाउँपालिका ४ सातबोटे बस्ने वर्ष ४८ का शेरबहादुर कार्की ९ख० ले बुधबार राती परालको गोठमा आगो लगाएर आत्मदाह गरेका हुन । उनी पायल्स, जण्डिस र लिभरका बिरामी थिए ।
बिरामीका आफ्न्तलाई डाक्टरले पनि धेरै खर्च लाग्छ भनेर भनेको र उपचार गर्न नसकेर घर फर्कने क्रममा रौतामाई गाउँपालिकाको मुर्कुचीमा बास बसेको घर नजिकै परालको गोठमा गएर उनले आगो लगाएको स्थानीयको भनाई छ । स्थानीयले उनलाई घाइते अवस्थमा फेला पारेका थिए । गाउँलेहरुले उद्दार गरेर अस्पताल लगेको र उपचारको क्रममा राती २ बजे जिल्ला अस्पताल गाईघाटमा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिएका छन् ।
आगोमा जलेका मृतक कार्कीको साथमा विषादी औषधि समेत फेला परेकाले घटनाको विस्तृत अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख राईले बताए । श्रीमतीसँगै रहेका कार्कीले श्रीमतीलाई झुक्याएर गोठमा आगो लगाई आत्मदाह गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।


Related posts

Leave a Comment