कपाल खौरेर आमाको किरिया बसिन् सांसद उषाकला


प्रदेश नम्बर १ की सांसद उषाकला राई आमाको किरिया बसेकी छिन् । लक्ष्मी राईकी एक मात्र सन्तान उषाकला आमाको किरिया बसेकी हुन् । उषाकलाकी आमा लक्ष्मी राईको बुधवार काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएको थियो ।

‘आज आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री (शब्दमा किरियापुत्री भनेपनि पुरुष अर्थात पुत्र बस्ने चलन) बस्ने र समाजलाई देखाउनुभएको छ,’ पति शेरबहादुर तामाङले सामाजिक सञ्जाल फेसबुकका स्टाटस लेखेका छन् ।
संविधानसभाकी पूर्व सांसद समेत रहेकी राई त्यतिबेला संसदको महिला ककसकी संयोजक रहेको समयमा छोरीलाई छोरा सरह अधिकारका लागि संघर्ष गरेकी थिइन । आमा लक्ष्मी राईको एक्ली छोरी उषाकला हुन् ।

 


Related posts

Leave a Comment