वाइडबडी खरिद प्रकरण : पर्यटनमन्त्री अधिकारी सहित ७ जनालाई कारबाहीको सिफारिस (भिडियोसहित)


वाइडबडी खरिदमा अनियमितता भएको ठहर सहित छानबिन संसदीय उपसमितिले पर्यटन मन्त्री रवीन्द्र अधिकारलाई तत्काल कारबाही गर्न सिफारिस गरेको छ ।

बुधवार सार्वजनिक लेखा समिति अन्तर्गतको सांसद राजेन्द्र केसीको संयोजकत्वमा गठित उपसमितिले वाइड बडी खरिद प्रक्रिया कानुन सम्मत नदेखिएको प्रतिवेदन समितिमा बुझाएको हो । उपसमितिले पूर्वमन्त्री २ जना, सचिव ३ जना र नेपाल वायु सेवा निगमका महानिर्देशक सुगतरत्न कंशाकारमाथि पनि छानबिन र कारबाहीको सिफारिस गरेको छ । उपसमितिले बुझाएको प्रतिवेदनमा विमान खरिदमा ४ अर्ब ३५ करोड रुपैयाँ अनियमितता भएको ठहर गर्दै पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित बहालवाला पर्यटन सचिव कृष्ण देवकोटा र गृह सचिव प्रेम राईलाई पनि निलम्बनसहित कारबाहीको माग गरेको छ ।

उपसमितिले पूर्व पर्यटन सचिव शङ्कर अधिकारीलाई पनि दोषी देखाएको छ । यस्तै वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई पनि तत्काल निलम्बन गरेर कारबाही गर्न भनिएको छ । उपसमितिले तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाही र अहिले राष्ट्रियसभाका सदस्यसमेत रहेका पूर्व पर्यटन मन्त्री जितेन्द्र नारायण देवलाई कारबाहीको सिफारिस गरेको छ । उपसमितिले वाइडबडीको अनियमितता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिन पनि सिफारिस गरेको उपसमिति संयोजन राजेन्द्र केसीले जानकारी दिए ।

महालेखा परीक्षकको प्रतिवेदनमा खरिद प्रक्रिया कानुनसम्मत नदेखिएको उल्लेख हुँदाहुँदै छानबिन नगरी अन्तिम किस्ता रकम भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ । भुक्तानीबारे छानबिन गर्न खरिद प्रक्रियामा संलग्नहरूकै समिति बनाएको पनि उपसमितिले औँल्याएको छ । कुनै पनि जहाज एक हजार घण्टा तीन महिनामै उड्ने भएकाले नयाँ किन्न बिचौलियाबाट छुट रकम दुरुपयोग गर्ने नियत देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । वायुसेवा निगमले गएको असार र साउनमा झन्डै २५ अर्ब रुपैयाँ खर्च गरेर एयरबस कम्पनीका २ वटा वाइडबडी जहाज खरिद गरेको थियो ।

 


Related posts

Leave a Comment