यसकारण अड्कियो प्रदेश ३ को राजधानी र नामकरणको विषय


प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेश राजधानी र नामाकरणको विषय सर्वसम्मत निर्णय गर्नका लागि पर्खिएको बताउनुभएको छ ।संसद् सचिवालय हेटौँडाको कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेश राजधानीको विषय टुङ्ग्याउनका लागि अदालतमा मुद्दा परेको र राजनीतिक सहमति पनि नजुटेकाले तत्काल टुङ्गो लगाउनका लागि समस्या भएको बताउनुभयो ।सभामुख श्रेष्ठल प्रदेश नं ३ को हिउँदे अधिवेशन बिहीबारबाट सकिएको छ भने एक महीनापछि वर्षे अधिवेशन बस्ने गृहकार्य भइरहेको जानकारी दिनुभयो ।उपसभामुख राधिका तामाङले नगर, महानगर, गाउँपालिकाका उपाध्यक्षको अधिकार कानूनमा उल्लेख भएर आए पनि उपसभामुखको अधिकार कानूनमा नै उल्लेख नहुँदा समस्या भएको बताउनुभयो ।


Related posts

Leave a Comment