यसरी गरियो राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई रथारोहण तथा अभिनन्दन(भिडियो सहित)


राष्ट्रकवि माधव प्रसाद घिमिरे सय वर्ष पुरा गरेको अवसरमा काठमाडौँ महानगरपालिका तथा नागरिक स्तरबाट रथारोहण तथा अभिनन्दन गरिएको छ । नेपाली साहित्यका शिखर पुरुष घिमिरेलाई उहाँको निवासबाट लैनचौर दरबारमार्ग रत्नपार्क हुँदै राष्ट्रिय सभा गृह सम्म रथारोहण गराई नागरिक अभिनन्दन गरिएको हो ।

काठमाण्डौमा आयोजित राष्ट्रकवि माधव प्रसाद घिमिरेको शतवार्षिकी अभिनन्दन समारोहमा बोल्दै नेपाली सेनाका प्रधानसेनापति पूर्ण चन्द्र क्षेत्रीले नेपाली साहित्य तथा वीर रसपूर्ण रचनाहरूका स्रष्टा घिमिरेको जन्म शताब्दी मनाउन पाउँदा आनन्दायी तथा विशिष्ट अनुभूत भएको भन्दै नेपाली साहित्य तथा वाङमयमा पुर्‍याउनु भएको योगदानको उच्च कदर गरे। घिमिरेको रचनाहरू लमजुङबाट प्रवाह हुने मस्याङदी नदी जस्तै प्रवाहयुक्त भएको भन्दै राष्ट्रिय  भावनाले ओतप्रोत भएका उँहाको सृजनाहरूले नेपाली भाषा साहित्यलाई विश्व रङगमञचमा दरिलो सँग उभ्याएको बताए ।

यस्तै काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले नागरिक राष्ट्रकविलाई स्थानीय सरकारबाट सम्मान्नित गर्न पाउँदा हर्षित भएको बताए । उहाँको क्षणिक नभई काल झैँ भएको भन्दै दशकौँ अगाडीको कृति पनि समय सान्दर्भिक रहेको बताए । नेपाल जस्तो अनेकतामा एकता रहेको देशमा घिमिरेको योगदान महत्त्वपूर्ण रहेको बताए ।

कार्यक्रममा महानायक राजेशहमालले कुनै पनि राष्ट्रको पहिचान त्यो राष्ट्रको कला संस्कृति, साहित्य कृति ले नै प्रतिबिम्वित गर्ने बताए ।घिमिरेको योगदानले सबै नेपालीको शिर ठाडो र छाती चौडा गरेको सदैव नेपाल र नेपालीलाई एक सूत्रमा बाँध्ने ऊर्जा दिलाएको बताए । अभिनन्दन पश्चात् उहाँलाई सहिद गेट, महाँकल, जमल लैनचौर हुँदै निवास सम्म पुन रथारोहण गरिएको थियो ।

पिता गौरिशङ्कर घिमिरे तथा माता द्रौपदी देवी घिमिरेको कोख बाट वि सं १९७६ आश्विन ७ गते लम्जुङको पुस्तुनमा जन्मनुभएका राष्ट्रकवि घिमिरेको थुपै कृति तथा साहित्यिक सृजनाहरू प्रकाशित छन् भने महाकाव्य ऋतम्भराको लेखन अन्तिम चरणमा पुगेको छ । जसमध्ये चार ओटा बाल साहित्य, पाँच काव्य, सात ओटा गीति नाटक, एक एक ओटा कविता सङ्ग्रह, गितिसंग्रह, कथा सङ्ग्रह  र गीति काव्य छन् भने दुई ओटा निबन्ध सङ्ग्रह रहेका छन् । यसबाहेक उहाँको अरू पनि कृति तथा योगदानहरू रहेका छन् ।

 


Related posts

Leave a Comment