यसकारण ताईवानमाथि शक्ति प्रयोग गर्ने चीनको चेतावनी


चीनका राष्ट्रपति शी जिनपिंगले ताइवानका नागरिकलाई ताइवान चीनसँग सम्मिलित हुनैपर्ने र यो जसरी पनि एक भएरै छाड्ने कुरालाई स्विकार गर्नुपर्ने बताएका छन् ।ताइवानसँग सम्बन्ध सुधार्ने पहलको ४० वर्ष पुरा भएको उपलक्ष्यमा दिइएको भाषणमा जिनपिंगले चीन एक देश दुई प्रणाली व्यवस्था अनुरुप शान्तिपूर्ण एकीकरण चाहेको दोहोराएका छन् ।चीनसँग आफ्नो शक्ति प्रयोग गर्ने अधिकारसमेत रहेको उनले चेतावनी दिएका छन् । यद्यपी, ताइवान स्वयं शासित र वास्तविक रुपमा स्वतन्त्र छ तर आफू कहिले पनि चीनबाट स्वतन्त्र भएको घोषणा भने ताइवानले गरेको छैन ।चीनले ताइवानलाई आफूबाट अलग्गिएको हिस्सा ठान्छ । यसकारण जिनपिङको बयानले चीन र ताइवानलाई मिलाउने पुरानो नीति प्रष्ट पार्छ ।जिनपिङले भने, ‘दुबै पक्ष एकै चीनियाँ परिवारका हिस्सा हुन् र ताइवानी जनताले यो बुझ्नु पर्छ कि स्वतन्त्रताले समस्या मात्र निम्त्याउँछ ।’उनले चेतावनी दिँदै भने, ‘ताइवानी स्वतन्त्रतालाई उक्साउने कुनै पनि गतिविधिलाई चीनले सहने छैन ।’यसका साथै उनले ताइवानसँगको उसको सम्बन्ध चीनको घरेलु राजनीतिको हिस्सा भएको कुरामा जोड दिए र यसमा विदेशी हस्तक्षेप नसहिने बताएका छन् ।


Related posts

Leave a Comment